विचार

सांस्कृतिक, नश्‍लीय र राजनीतिक जातिवादको भुमरी

जातिवाद रहेसम्म भ्रष्टाचार पनि भइरहन्छ

जेठ २३, २०७७

    यो समाजले जातिवादलाई निरपेक्ष संस्कृति अथवा धर्मका कारण उब्जेको विकृतिका रूपमा हेर्न छोडेको धेरै भइसक्यो । धर्मको वर्ण व्यवस्थामा जातिवाद त थियो नै अमेरिकाको नस्लवाद र विश्वको राजनीतिमा झलक छ जातिवादको।  त्यसैले धर्म, रंग र संगठन सबैमा छ यो । बहस चली रहलान् तर समाज जातिवादबाट त्यति सजिलै मुक्त होला भन्ने आधार निकै कमजोर छ।

    मानव जातिको इतिहासका विभिन्न कालखण्डमा विभिन्न प्रकारको जातीय समूह बनाउने रहेछ। नेपालमा पनि युगौँदेखि यो प्रथा कायम छ। यही प्रथाको कारण भर्खरै रुकुममा नवराज विश्वकर्मासहित ५ जनालाई कुटेर पिटेर उनीहरूका लिंग ढुंगाले हानेर थिलोथिलो पारेर नदीमा बगाइदियो।

    राजनीतिक संगठनमा  आर्थिक संरक्षणको स्वार्थ  लुकेको छ। त्यसैले कांग्रेस , एमाले, माओवादी यी पछिल्ला २ को छाता संगठन नेकपा। विश्वको सवैभन्दा ठूलो भारतको भाजपा अमेरिकामा रिपब्लिक र डेमोक्रेटिक यी सबै राजनीतिक जातिवादका उदाहरण हुन्।

    उनीहरूलाई त्यत्रो गाउँ र जनप्रतिनिधि सबै मिलेर पिटे मारे। मारी सकेपछि उनीहरू कानुनसँग डराएर लासलाई नदीमा फालिदिए। आफू कानुनबाट बँच्नका लागि  उनीहरू नदी तर्न नसकेर डुबेर मरे भन्ने हल्ला फिँजाए। यसको मूल दोष जातिवादी व्यवस्था नै हो भन्ने घटनाक्रमले पुष्टि गरेका छन्।

    मल्ल जातकी युवती विश्वकर्मा जातसँग विवाह गर्नु हुँदैन भन्ने सोचले जन्माएको क्रूर घटना हो यो। यो सांस्कृतिक अथाव वर्णभेदको परिचायक हो यो। तर, गहिरिएर हेर्ने हो भने यहाँ पनि राजनीति घुसेको छ।

    यस्ता घटनालाई  कम गर्न जातीय विभेद हुनु हुँदैन भनेर संविधान कानुन, मुलुकी ऐन, मुलुकी संहिता आदिमाअनेक सुधार  गरिएको छ तर यो थामिएको छैन।

    संस्कृतिलाई, सामाजिक मान्यतालाई कानुनले रोक्न सक्दैन भन्ने ज्वलन्त उदाहरण हो नवराज विकलगायत ६ जनाको हत्या प्रकरण। पछिल्लो पटक २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको हो। वि सं २०२० सालमा जारी मुलुकी ऐनले पनि छुवाछुत गर्न नपाइने व्यवस्था गरेको थियो। तर, पनि यसमा पुर्णविराम लागेको छैन । यद्यपि, समयक्रममा जातीय प्रथाको पुरानो रूप भने धेरै ठाउँबाट हराइसकेको छ। 

    अमेरिकामा केही दिन  अगाडि एक काला जातिका अफ्रिकी मुलका जर्जफ्लायड नामक व्यक्तिलाई  प्रहरी अमानवीय तरिकाले मार्दा त्यहाँ जुन प्रदर्शन  भएको छ। यो नश्लीय जातिवाद हो यसले अरू केही हेर्दैन केवल छालाको रंग हेर्छ। यो जातिावादमा मानवताको उच्चता केवल उसको रंगमा सीमित हुन्छ।

    गोरा जातिले कालाजातिलाई तुच्छ ठान्दछन् यो युगौँदेखिको चलन हो जुन आहिले पनि छ। अधिकांश युरोपेली रअमेरिकीले एशिया अफ्रिकाका मानिसलाई पूर्णरूपमा तल्लो बर्गको ठान्दछन्। हुनत कानुनी रुपमा ती प्रहरीहरूको जागिर गयो जसले उनलाई मारेका थिए। उनीहरूमाथि सेकेण्ड डिग्री मर्डरको केस दर्ज भएको छ। अर्थात् काननुले तोकेबमोजिमको दण्ड दिएको भए तापनि त्यहाँ आन्दोलन र प्रदर्शन  थामिएको छैन। किनकि त्यहाँ घटनाले  नश्लीय मोड लियो।

    नेपालबाट लाखौँ युवा युवती पढ्न वा ग्रिन कार्ड लिएर अमेरिका गएका छन्। कुनै नेपालीले अमेरिका  गोरा जातिका पुरुष वा महिलासँग विवाह गरेको उदाहरण कमै छन्। नेपालको कठोर भनिएको जातीय प्रथामा  बरु तथाकथित उपल्ला जातको केटा केटीले प्रेम गरेको हिँड्डुल गरेको उदाहरण त छ। रुकुम काण्डमै देखियो। तर, गोरा र कालाबीच यसको अनुपात नेपालको जातीय प्रेमभन्दा निक्कै कम छ।

    गोरा जातिका युवा युवतीमा  कालाप्रति प्रेम भाव नै देखिँदैन। सायद यसैले होला नेपालीले जापानी कोरियन र रसियनसँग विवाह गरेको सुनिन्छ तर अमेरिकी, जर्मन र बेलायतीसँग त्यस्तो भएको एकदमै कम मात्रै छ। यसको अर्थ के भने जातीयभन्दा नश्लीय प्रथा खराब छ र अपरिवर्तनीय  छ।

    यी दुवैभन्दा खतरनाक राजनीतिक नश्लवाद वा राजनीतिक जातिवाद हो।  यसले सहीलाई सही र गलतलाई गलत भन्न सक्दैन र दिँदैन।  आफ्ना नेताले जे गरे त्यसलाई नै हरेक दृष्टिकोणबाट सही ठहर्‍याउँदछ। देशमा अविकासको अविछिन्न परिश्रृंखला राजनीतिक जातिवादको उपज हो। जुन खतरनाक छ र यसमा कुनै प्रकारको विविधीकरण छैन।

    माथिका २ जातिवादलाई कमसे कम कानुनले त रोकेको छ। तर राजनीतिक जुन नश्लवादलाई कानुनले पनि रोक्न र छेक्न सकेको हुँदेन। राजनीतिक  जातिवाद कानुनभन्दा धेरै माथि छ। किनकि कानुनको जन्मदाता नै यही हो।

    राजनीतिक संगठनमा  आर्थिक संरक्षणको स्वार्थ  लुकेको छ। त्यसैले कांग्रेस , एमाले, माओवादी यी पछिल्ला २ को छाता संगठन नेकपा। विश्वको सबैभन्दा ठूलो भारतको भाजपा अमेरिकामा रिपब्लिक र डेमोक्रेटिक यी सबै राजनीतिक जातिवादका उदाहरण हुन्।

    हामीहरूले सांस्कृतिक र नश्लीय जातिवादलाई जतिसुकै धारेहात लगाए पनि त्यसको जडमा राजनीतिक  नश्लवादले  भित्रभित्र संरक्षणका लागि मलजल गरेको हुन्छ। कुनै राजनीतिक नेताले ठूलो गल्ती गर्दा स्वपक्षीय  राजनीतिक नश्लवादीहरू चानुमानु लाएर बस्छन् अर्को पक्षले खोइरो खन्छ। कुनैबेला सोही नेताले  राम्रो काम गरेमा पहिला चुप लागेकाहरू सल्बलाउन थाल्छन् र पहिला खोइरो खन्नेहरू सल्वलाउन थाल्छन्। यो आजबाट होइन युगौ युगदेखि चली आएको चलन हो  र अहिले यो बढी प्रवल र खतरा भएर आएको छ।

    नेपालमा गणतन्त्र आयो। त्यसपछि पनि जति सरकार बने ती सबै आफ्नै जातिवादभित्र लुटपुटिन बाध्य भए। जति पनि सरकार बन्छन् उनीहरूको सल्लाहकार र आसेपासे सबै आफ्ना पिछलग्गु, खोले टोले हुक्के बैठके मात्र हुन्छन्। कुनै प्रधानमन्त्री सल्लाहकारमा स्वतन्त्र व्यक्ति त हुँदैन नै आफ्नो  गुटभन्दा परको समेत  राखिएको हुँदैन।

    जस्तोसुकै काम वा निर्णयमा कोही अति अनुभवी र दक्ष हुनुको कुनै अर्थ छैन। जबसम्म राजनीतिक जातिवादमा फिट हुँदेन उसको कुनै मूल्य हुँदैन। अहिले कुनै मानिस प्रधानमन्त्री  निकटको रहेनछ भने  जतिसुकै उच्च क्षमता र धारको भए पनि उसलाई ठूला नियुक्ति वा अख्तियारी दिइँदैन। राजनीतिमा विद्धता र क्षमताको मूल्य निकै न्यून हुने गर्छ।

    माथिका २ जातिवाद जन्मजात छन्। तिनलाई परिवर्तन गर्न कठिन छ। किनकि  जात वर्ण पनि फेर्न कठिन छ। सामान्यतयाः असम्भव छ। तर, राजनीतिमा केही छिनलाई पैसा वा अन्य यस्तै नजरानाबाट फेर्न सकिन्छ। यद्यपि, त्यो क्षणिक हुन्छ प्रायः प्रहरी प्रमुख, न्यायाधीश जस्ता उच्चपद छनोट गर्दा यो राजनीतिक जातियता परिवर्तन गरेका केही उदाहरणहरू पाइएका  छन्।  नेकपाको जन्म नै माओवादी र एमालेबाट जन्मेको वर्णशंकर हो। तैपनि त्यहाँभित्र अहिले जुन जातिवाद छ  सबैमा स्पष्ट रूपमा महशुसयोग्य  छ।

    अहिले पनि पुरानो एमालेभित्रको सरकार सन्निकट समूहले त्यो इतरका सबैलाई तल्लो अछुत जातको रूपमा बरण गरेको गुनासो सुन्न कान ठाडो पारे मात्र पुग्छ।  कानूनी र नीतिगत रूपमा पार्टी होला, त्यहाँ समानता र अधिकारका कुरा होलान्। एमाले माओवादी मात्र होइन एमाले वा माओवादी भित्रैका उपगुटहरूका पीडा सुनिनसक्नाका छन्।

    डाक्टर बाबुराम भट्टराई वा सिपी मैनालीहरूको जन्म त्यसै भएन। यस्तै, कांग्रेसको संस्थापन समूहले कहिल्यै पनि अर्को गुटलाई  सजातीय मान्न तयार छैन। यसमा पनि गणेशमान र कृष्णप्रसाद भट्टराईको पार्टी बहिर्गमनसम्मको कुराले त्यहाँभित्रको पीडा झल्काउँछ। यस अर्थमा  राजनीतिक जातिवादीहरू बढी संंकीर्ण किन हुन्छन् भने उनीहरू सम्पुर्ण शक्ति र सुविधालाई आफू वरिपरि राख्न चाहन्छन्। त्यसबाट कुनै न कुनै लाभार्जन भइरहोस भन्ने चाहन्छन्।

    राजनीतिक जातिवादीहरूको मूल लक्ष्य आफ्नो सत्ता सुख टिकाउनेसँग सम्बन्धित हुन्छ। सत्ता भनेको सिंहदरबार वा ह्वाइट हाउसमा मात्र हुँदैन। यो हरेक वडा, गाउँ नगर र हरेक समूह समितिमा छ। कर्मचारीमा छ, खेलाडीमा छ, शिक्षक प्राध्यापकमा छ, पत्रकारको त लवाइ खवाई हेरेर नै थाहा पाइन्छ। यो कुन राजनीतिक गोत्रको हो, हरेक समूहमा राजनीतिक जातिवादले गाँजेको छ।  विवाहमा कट्टर एक पार्टीको व्यक्तिले अर्को पार्टीको चिनिएको कार्यकर्तालाई जीवन साथी बनाएको पाइँदैन। त्यो पनि जातिवादको उदाहरण होइन र?

    नेपालमा कुन प्राध्यापक स्वतंन्त्र छ , कुन निर्वाचन आयुक्त स्वतन्त्र छ ,र कुन न्यायाधीश स्वतन्त्र  छ सबै राजनीतिक जातिवादको दुष्चक्रभित्र रुमलिएका  छन्।  कसैले कुनै अवसर पाउनु छ भने स्पष्टसँग सत्ता सन्निकटताको जातीय प्रमाण पत्र पेश गर्न अनिवार्य छ।

    सांस्कृतिक जातिवाद र नश्लीय जातिवाद बरु स्पष्ट छ बाहिर नै प्रष्ट देखिन्छ। तर, राजनीतिक जातिवादलाई त कसैले पनि चिन्न सक्दैन। अति नै क्षमतावान भएकोले महाभारतमा कर्णले जातीय बन्धन तोड्न सकेका थिए। अहिले  राजनीतिमा त्यत्ति पनि  सम्भव छैन। अकबरले एउटा सक्षम वीरबललाई साथ लिन सके तर आधुनिक समाजमा सम्भव छैन। राजनीतिमा विद्यमान यही जातिवादले गर्दा भ्रष्टाचार भइरहन्छ। किनकि गल्तीको संरक्षण गर्नका लागि सबै जातिवादी एक जुट हुन्छन्।    

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]