समाज : सुरक्षा/अपराध

मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपीको मृत्यु

जेठ २२, २०७७

    हेटौंडा : मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जितबहादुर थापाको निधन भएको छ। 

    आज बिहीबार साँझ साढे ४ बजे हेटौंडा–६ चौघडातर्फबाट हेटौंडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना१२प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। क्याम्पाडाँडाको भित्तामा मोटरसाइकल ठोक्किएको थियो। 

    गम्भीर घाइते भएका थापाको उपचार क्रममा साँझ साढे ५ बजे हेटौंडा अस्पतालमा निधन भएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]