समाज

उपत्यकाका प्रजिअ र व्यापारीको बैठक : लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष

व्यापारीले भने : अब गारो भयो, सामाजिक दुरीसहित पसल चलाउँछौं

जेठ २२, २०७७

    लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेकाा छन् ।

    जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै समयमा धमाधम बजार पसल खुल्न थाले पनि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विहिबार व्यापारीहरुसँग संयुक्त छलफल गरेका हुन्। 

    जिल्ला समन्वय समिति काठमाडौंमा विहीबार भएको संयुक्त छलफलले सामाजिक दुरीसहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने वातावरण बनाउन लकडाउनमा समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। 

    जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख जनकराज दाहालले छलफलले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्‍न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताए।

    छलफलको निष्कर्षसहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागु गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाइने उनले बताए। 

    छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि साँझ साढे ५ बजे सम्म उद्योग तथा बजार पसल सञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए । उनीहरुले दिन बिराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् । 

    शिक्षण संस्थान, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुद लगायत क्षेत्र बाहेक अत्यावश्यक सामान, मल,कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्ला भित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।

    लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सर्तकताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभई जीवनयापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताए।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघको आव्हानमा विहिबार राजधानीका सबै प्रकारका पसल खुलेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउँदै व्यवसायीलाई छलफलमा बोलाएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]