समाज : सुरक्षा/अपराध

भैरहवाका नापी अधिकृतसहित ५ विरुद्ध मुद्दा दायर

जेठ १९, २०७७

    काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

    यस्तै आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट र नामसारी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भन्दै मतियारको भूमिकामा रहेको राजकुमार अर्यालविरुद्ध मुद्दा दायर गरिएको छ। 

    उनीहरुले मिलेमतोमा १७ लाख रुपैयाँ बराबर घुस लिएको पाइएको आयोगले जनाएको छ। आयोगले लेखन्दास शर्माविरुद्ध १७ लाख, नापी कार्यालय भैरहवाका नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीविरुद्ध १२ लाख, नायब सुब्बा पन्थीविरुद्ध पाँच  लाख बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]