कोभिड-१९ {अपडेट}

क्‍वारेन्टाइन बसेका सिन्धुपाल्चाेकका वृद्धको मृत्यु, रिपोर्ट आउन बाँकी

पिपिई लगाएर गरियो अन्त्येष्टि

जेठ १८, २०७७

    सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढीमा रहेको क्षेत्रीय क्‍वारेन्टाइन मेलचौरमा १४ दिन बसेर घर फर्किएका एक वृद्धको गएराति मृत्यु भएको छ। सोही ठाउँ १३  नम्बर वडाका ६८ वर्षीय पुरुषमा स्वासप्रश्वासको समस्या देखिएर मृत्यु भएको वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए।

    उनी गत वैशाख १० गते काठमाडौंको हरिसिद्धिबाट घर आएका थिए। क्‍वारेन्टाइनमा उनको आरडिटी परीक्षण गरिएको र त्यसमा नेगेटिभ नतिजा देखिएपछि घर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए। 

    ती वृद्धको परिवारको आग्रहमा आफन्तले पिपिई सेट लगाएर अन्त्येष्टि गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले पिपिई उपलब्ध गराएपछि अन्त्येष्टि गरिएको थियो। मृतकलाई राति श्वासप्रश्वासमा समस्या भएपछि वडामा रहेको स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो।

    स्वास्थ्य चौकीमा उपचार क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए। मृतकको बिहान स्वाब संकलन गरी परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]