कोभिड-१९ {अपडेट}

सल्यानका कोरोना संक्रमितमध्ये १५ लाई सुर्खेत पठाउने तयारी

१० जनालाई सल्यान अस्पतालमै राखिने

जेठ १८, २०७७

    सल्यान : सल्यानका कोरोना संक्रमित मध्ये १० जनालाई सल्यान अस्पताल १५ जनालाई सुर्खेत पठाउने तयारी 

    सल्यान  सल्यानका कोरोना संक्रमित २५ जनामध्ये १० जनालाई सल्यान अस्पताल ल्याउने र बाँकी १५ जनालाई सुर्खेत पठाउने तयारी भएको छ।

    कर्णाली प्रदेश अस्पतलाको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा २५ जनामो कोरोना पोजेटिभ देखिएको थियो। संक्रमित मध्ये १० जनालाई जिल्ला अस्पतालको आइसोलेसन र १५ जनालाई सर्खेत पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
     
    भारतबाट आएर बनगाड क्याम्पस र प्रभाकर माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका ३९३ जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको हो।

    सल्यानमा भारतलगायत अन्य मुलकबाट आएकामध्ये ७६७ जनाको पिसिआर गरिएको छ। जसमा ८० जनाको मात्र रिपोर्ट आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]