समाज

सुनकोशी नदीमा जिप खस्दा दुई बेपत्ता

प्रतिकात्मक तस्वीर
जेठ ७, २०७७

    काभ्रे : जिल्लाको भुम्ल गाउँपालिका-८ स्थित सापिङको भित्री सडक खण्डअन्तर्गत दोलालघाटबाट सापिङ जाँदै गरेको बोलेरो जिप सुनकोसी नदीमा खसेको छ। नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्।

    आज दिउँसो बा१६च ८८३८ नं.को सिमेन्ट दाना र प्लाई लोड गरेको बोलेरो जिप अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज पौडेलले जानकारी दिए।

    उनका अनुसार जिपमा सवार भुम्लु गाउँपालिका वडा नं. १ स्थित अशोक गिरी र भोला महत बेपत्ता छन्।

    सोही वडाकी सानुमाया गिरीको बायाँ हात भाँचिएको छ। उनलाई अहिले उपचारका लागि धुलिखेल हस्पिटलबाट बनेपास्थित शिर मेमोरियल हस्पिटल रिफर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]