राजनीति

प्रदेश २ : नेकपाले प्रस्ताव गरेको 'जानकी'को पक्ष-विपक्षमा मतदान

चैत ४, २०७६

    जनकपुरधाम : प्रदेश २ को नामाकरण विषयमा प्रदेश सभामा गोप्य मतदान सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको 'जानकी' प्रदेश नाम राख्ने/नराख्ने विषयमा मतदान सुरु भएको हो।

    पहिलो मत सभामुख सरोज कुमार यादवले खसाएका हुन्। यस्तै मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मंत्री विजय यादव, भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल सहितका मन्त्रीहरु मत हालिरहेका छन्। अहिले सांसदहरु मत खसाउन लाइन लागेका छन्।

    जानकी प्रदेशको विषयमा मतदान सकेपछि कांग्रेसले प्रस्ताव गरेको 'मिथिला भोजपुरा', सत्तारूढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको 'मधेस' र केही सांसदले प्रस्ताव गरेको 'मध्य मधेस' नामको पक्ष/विपक्षमा मतदान हुनेछ। 

    यस्तै नामपछि राजधानीको विषयमा पनि आजै मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ। राजधानी जनकपुरधामलाई तोक्नुपर्ने विषयमा राजनीतिक सहमति जुटे पनि बारा र पर्साका सांसदहरु वीरगञ्जको पक्षमा उभिएका छन्।

    १०७ सदस्यीय प्रदेश सभामा प्रस्ताव पारित गर्न ७२ मत अनिवार्य चाहिन्छ। सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी कांग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ।

सन्तोष यादव

यादव थाहा खबरका धनुषा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]