समाज

सुनकोशी नदीमा बस खस्यो, कम्तीमा ६ जनाको मृत्यु

फोटो : सन्तोष पनेरु
कात्तिक १७, २०७६

    सिन्धुपाल्चोक : जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको हो। बा२ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्।

    दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ। घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शी सन्तोष पनेरुले जानकारी दिएका छन्। बस नदीमा पूरै डुबेको छ। मृतक संख्या बढ्नसक्ने बताइएको छ।

    घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने काम भइरहेको छ। बसमा कम्‍तीमा ३५ भन्दा बढी सवार रहेको प्रहरीको अनुमान छ। ५ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।मृतकको संख्या एकिन हुन नसकेको प्रहरीले बताएको छ। थप विवरण आउँन बाँकी छ। 

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]