खेलकुद

चौँथो पटक पनि अनिश थापा लिगलिगे राजा चुनिए

असोज १६, २०७६

    पोखरा  :  लिगलिगे दौडको उपाधी चुम्दै पर्वतका अनिश थापा चौँथो पटक लिगलिगे राजा चुनिएका छन्। बिहीबार सम्पन्न दौडमा उनले उपाधी जितेका हुन्।

     चेपे र मर्स्‍याङ्दी नदिको दोभानबाट लिगलिग कोटसम्मको १३.८ किलोमिटर दूरी ५७.५५ मिनेटमा पार गर्दै उनी लिगलिगे राजा बनेका हुन्। भारतीय सेनासमेत रहेका थापा यस अघि तीन पटकसम्म उपाधी जितेर लिगलिगे राजा बनीसकेका थिए।

    यसवर्ष देखि थापा पालुङ्टार नगरपालिकाको सद्भावना दुत समेत बनेका छन्। पालुङ्टार नगरपालिकाको कार्यपालिकाको बैठकले लिगलिगे दौड जित्नेलाई यस वर्षदेखि सद्भावनादुत बनाउने निर्णय गरेको थियो।

    एक वर्षसम्मको लागि उनी पानपाको सद्भावनादुत बनेका छन्। दशौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गरिएको पालुङ्टार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए। उनका अनुसार सद्भावना दुतले लिगलिगकोटसँगै पालुंटार नगरपालिकाको पर्यटन प्रवर्द्धनमा प्रचार-प्रसार गरी टेवा पुर्‍याउनु पर्नेछ ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]