|

काठमाडौं : मिटरब्याज पीडितलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बालुवाटार बोलाएका छन्।

महोत्तरी र सर्लाही लगायतका जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आएका पीडितको गुनासो सुन्न प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान ८ बजे बालुवाटार बोलाएका हुन्।

मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरुबाट लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। उनीहरूले गृहमन्त्रालयको वार्ता टोलीसँग पटक गरेको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन। 

माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने तयारीमा रहेका पीडितले माग सम्बोधन नभएसम्म गाउँ पनि नफर्किने अडान लिएका छन्।

विभिन्न जिल्लाका पीडित पैदल यात्रा गरेर गत आइतबार काठमाडौं आइपुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.