|
फाइल फोटो

काठमाडौं : रसुवागढी–केरुङ नाका शनिबारदेखि पूर्णरूपमा सञ्चालनमा आउँदैछ। 

गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो, जसअनुसार आजबाट तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन खुला हुनेछ। 

कोरोना महामारीपछि लामो समय बन्द रहेको यो नाका अहिले आंशिक रूपमा सञ्चालन भइरहेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि मे १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ। 

चीनसँगका यी दुई नाका पूर्णरूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो, जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए।नेपाली पक्षले काठमाडौं– ल्हासा सिधा उडान सकेसम्म चाँडो पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.