विराटनगर : कोशी प्रदेश सरकारले राष्ट्रिय क्रिकेटरद्वय ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ।
खेलकुद विकास बोर्डको आज (सोमबार) बसेको बैठकले राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई १ लाख ११ हजार १११ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।
बजेटमा विनियोजित भएअनुसार खेलहरूसमेत समयमै गराउने निर्णय पनि गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।