|
फाइल फोटो

काठमाडौं : सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने निर्णय गरेको छ।

प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालयमा पुगेको फाइलमा सोमबार निर्णय भएको कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले जानकारी दिए। 

महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले दोहोरो राहदानी लिएको भन्ने आरोपबाट क्लिनचिट पाएका छन्। 

उनीविरुद्धको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो। 

कुनै पनि फौजदारी कसुरमा प्रहरीले अनुसन्धान गरी पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गर्नुपर्ने हुन्छ।

त्यसअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।

अमेरिकी राहदानी हुँदा हुँदै नेपाली नागरिकता प्रयोग गरी राहदानी बनाएको पुष्टि भएपछि राहदानी ऐन अन्तर्गत कारबाही हुनसक्ने अवस्था बनेको थियो। 

सर्वोच्च अदालतले गत माघ ३ मा उनको नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सो नागरिकता प्रयोगबाट प्राप्त सबै पद गुम्ने फैसला गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.