|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सिद्धान्त विहीन गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका छन्। 

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राउतले गठबन्धनमा आबद्ध दलहरू सिद्धान्त नमिल्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए। उनले आज पनि लोकतन्त्र गणतन्त्र र संघीयताको रक्षाका लागि विश्वासको मत दिने बताए।

‘सिद्धान्त विहीन गठबन्धन धेरै दिन टिक्न सक्दैन। त्यो पाटो हामीले छुटाएका छौं। कतै न कतै अमिल्दो सिद्धान्त नमिल्दा अहिलेको परिीसति सिर्जना भएको छ। आज संघीयताको रक्षाका लागि प्रधानमन्त्रीजीलाई विश्वासको मत दिएका थियौं। आज पनि लोकतन्त्र गणतन्त्र र संघीयताको रक्षाका लागि विश्वासको मत दिँदैछों। आफूले जन्माएको बच्चपति बा आको प्रेम हुन्छ। उहाँले जुन तरिकाले संघर्ष गरेर गणतन्त्र र संघीयतालाई पुर्नस्थापना गर्नुभयो,’ उनले भने। 

अध्यक्ष राउतले मधेश आन्दोलनका मुद्दाको सम्बोधन, राजबन्दीहरूको रिहाई, नागरिकता विधेयक पास हुनुपर्ने बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.