|

विराटनगर : ओखलढुङ्गामा  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएर विरोध जनाएको  छन्। सोमबार ओखलढुङ्गा नगरपालिका ११  गोरुमारे भञ्ज्याङमा कार्यक्रममा जानेक्रममा मुख्यमन्त्री कार्कीलाई  नेपाल आदवासी जनजाति महासंघ र किराँत राई यायोक्खाले कोशी प्रदेश खारेजीको माग राख्दै कालो झण्डा देखाएर विरोध जनाएका हुन्।

मुख्यमन्त्री कार्की ओखलढुङ्गाको एक कार्यक्रमका जाने क्रममा कालो झण्डा देखाएर विरोध जनाइएको  सोही जिल्लाका  संचारकर्मी शिव ढुङगानाले जानकारी दिए। उनका अनुसार दुई मिनेटसम्म बाटो अवरोध गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.