|

काठमाडौं : १७ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ। ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ। नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको योजनामा रहेको छ। भारत पनि जितबाट प्रतियोगिताको सुरुआत गर्न चाहन्छ। सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ।  यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ।

नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.