एजेन्सी : पोर्चुगलका पूर्वप्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
एस्टन भिल्लाले गत अक्टोबरमा बर्खास्त गरेपछि इंल्याण्डका पूर्व मिडफिल्डर स्टेभेन जेरार्ड प्रशिक्षक बन्ने चर्चाका बीच सान्तोस नियुक्त भएका हुन्।
पोर्चुगललाई सन् २०१६ को युरो कप र २०१९ को नेसन्स लिगको उपाधि जिताएका ६८ वर्षीय सान्तोसले कतार विश्वकपमा खराब प्रदर्शनपछि टिम छाडेका थिए।
विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
‘प्रशिक्षकका रुपमा काम जारी राख्न पाउनु सम्मानको विषय हो।’ प्रशिक्षक नियुक्त भएपछि सान्तोसले भने।
सान्तोसले सन् २०१० देखि २०१४ सम्म ग्रीसको राष्ट्रिय टोली सम्हालेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।