|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा एमाले नै भएको दाबी गरेका छन्। 

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा समाहित हुनुपर्ने बताए। 

उनले गत स्थानीय निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने निर्क्यौल गरिदिएकाले कोही पनि अन्य पार्टीमा अलमलिनु नपर्ने बताए। 

उनले भने, ‘मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि हाम्रो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको छ। यो षडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमाले सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नतर्फ लाग्नुपर्छ।’ 

एमाले विरूद्धको घेराबन्दी देशभक्तिमाथिको घेराबन्दी भएको उल्लेख गर्दै  स्वाधीनता, स्वाभिमान माथिको घेराबन्दी भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.