|

काठमाडौं :  नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला समूहले दशैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज विहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तय भएको सो समूहले जनाएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै सो समूहले खबरदारी सभा, पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना लगायत कार्यक्रम गरिसकेको छ। 

समानुपातिकतर्फको सूची सच्चाउनुपर्ने र पार्टीमा सिट संख्याको ४० प्रतिशत हिस्सा आफूहरुलाई दिनुपर्ने सो समूहको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.