|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। 

क्यानडाको मड्रियल शहरमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को ४१ औं त्रैवार्षिक महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आईकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरूप हवाइ सुरक्षामा नेपालले उल्लेख्य प्रगति गरेको बताए। 

उनले आईकाओको प्रतिवेदनमा हवाइ सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको तर्क गरे।

मन्त्री श्रेष्ठले उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताए।  उनले हवाइ सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको दाबी गरे। 

यसअघि आईकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आईकाओ काउन्सिल अध्यक्ष साल्भाटोरसाचिटानोसँग भेट गरी मन्त्री श्रेष्ठले नेपालले हवाइ सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेको बताएका थिए। त्यसैले ईयूले नेपाललाई उडान सुरक्षा सूचीमा राखिरहनुको औचित्य नहुनेउनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.