|

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकामै अब आँखा र कानको उपचार हुने भएको छ।

आज नगरपालिकाले एक औपचारिक कार्यक्रम गरी आँखा र कानको औपचारिक सुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए।

सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरिएको उनले जानकारी दिए।

नेपाल रेडक्रसद्वारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको सेवा प्रवाह हुँदै आएको थियो। आज औपचारिक रुपमा सुरु भएको उक्त सेवा पूर्व नगरप्रमुख टेकबहादुर रावलले आँखा जाँच गरेर सुरुवात गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.