|

काठमाडौं :  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणका लागि काठमाडौंमा छन्। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौं आएका हुन्। चार दिने नेपाल भ्रमणमा आएका अध्यक्ष चान्शु बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ

नेपाल भ्रमणका क्रममा उनी राष्ट्रपति नेपाली राजनीतिक दलका शीर्ष नेता लगायतसँग भेटवार्तामा व्यस्त छन्। उनको भ्रमणलाई लक्षित गर्दै काठमाडौंका विभिन्न ठाउँका सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।  विभिन्न ठाउँमा विभिन्न समयमा सर्वसाधारणले जामको सास्ती खेप्नु परेको छ। पैदल यात्रुलाई समेत यसले असर गरेको छ।

आज तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालिमाटी हुँदै सोल्टी होटलसम्मको सवारी आवागमन प्रभावित बन्यो।

दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने ट्राफिक महाशाखाले जनाएको छ। अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.