|

काठमाडाैं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन्।

स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भईरहेको अध्यक्ष ओलीको भनाई थियो।

बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजारको अभाव भने नेपालमा नभएको दाबी गरे।

अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.