|

बागलुङ : यतिबेला एउटा तस्वीर सामाजिक संजालमा खुब भाइरल छ।

जुन तस्वीर हो, निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पतालकाे। एक वर्ष अगाडि निसीखोला गाउँपालिकाले केन्द्र सरकारकाे बजेटबाट अस्पताल निर्माण थालेको थियो।

गत वर्ष मंसिर १५ गते अस्पतालको शिलान्यास गरिएको थियो। अस्पताल निर्माणका लागि गाउँपालिकाले १० करोड ९४ लाखको स्टिमेट गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरी जिम्मा छ। अस्पताल १० शैयाको निर्माण हुने उनको भनाइ छ।

आगामी २०८० पौष महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको अस्पताल निसीखोलाको छेउमा छ। हिउँदको समयमा खासै जोखिममा नरहे पनि वर्षात्‌को समयमा भने निसीखोला उर्लिएर निर्माणाधीन अस्पतालको नजिक पुग्ने गर्छ।

केही दिन अगाडि सामाजिक संजाल फेसबुकमा आएको एउटा तस्वीरमा निर्माणाधीन अस्पताल र त्यस नजिकै निसीखोला उर्लिएको देखिन्छ।

यस विषयमा केही व्यक्तिहरुले हस्पिटल जोखिममा रहेको भन्दै निर्माण कार्य रोक्नुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले तटबन्ध संरक्षण गरी निर्माणलाई तीव्रता दिनुपर्ने मत राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.