|

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ घटेको छ। 

छापावाल सुन प्रतितोला १६ सयले घटेर ९६ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको भाउ १६ सयले घटेको छ। आज प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ। चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.