|

बागलुङ : जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ को मात्रा उच्च रहेको पाइएको छ। 

स्वास्थ्य कार्यालय बागलुङका ल्याव टक्निसियन अधिकृत डिल्लीप्रसाद आचार्यले जिल्लाका १० स्थानीय तहमा मुहानको परीक्षण गर्दा अधिकांश मुहान र ट्यांकीको पानीमा ‘कोलिफर्म’ पाएको जानकारी दिए।

१० पालिकाको १११ मुहानमा गरिएको परीक्षणमा ४९ मुहानमा कोलिफर्म भेटिएको आचार्यले बताए उनका अनुसार बागलुङ नगरपालिकामा १७ मुहानमा परीक्षण गरिएकोमा १०, जैमिनी नगरपालिकामा १० मुहानमा गरिएको परीक्षणमा ७, गलकोट नगरपालिकामा १२ मुहानमा गरिएको परीक्षणमा ३, ढोरपाट नगरपालिकामा ७ स्थानमा परीक्षण गरिएकोमा २ मुहानमा कोलिफर्मको उच्च मात्रा भेटिएको छ।

यस्तै काठेखाला गाउँपालिकामा ९ मुहानमा गरिएको परीक्षणमा ५, ताराखोला गाउँपालिकामा १६ मुहानमा गरिएको परीक्षणमा ७, बडिगाड गाउँपालिकामा ९ मुहानमा गरिएको परीक्षणमा ३, निसीखोला गाउँपालिकामा ८ मुहानमा गरिएको परीक्षणमा ४ र बरेङ गाउँपालिकामा १२ मुहानमा गरिएको परीक्षणमा ४ मुहानमा कोलिफर्म भेटिएको छ। जिल्लाभर ४४ प्रतिशत मुहानमा कोलिफर्म पाइएको पाइन्छ।

परीक्षण गरिएको तथ्याङ्कलाई आधार मानेर हेर्दा जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको आचार्य बताउँछन्। ‘हामीले १० वटै पालिकाको मुख्य–मुख्य मुहानमा पुगेर पानी परीक्षण गर्‍यौँ, धेरै जस्तो ठाउँमा कोलिफर्मको उच्च  मात्रा पाइयो,’ आचार्यले भने ‘यो अवस्थालाई हेर्दा जिल्लामा धेरै मानिसले दूषित पानी पाइरहेको बुझिन्छ।’

कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकी लगायत रोग लाग्ने खतरा हुने भन्दै आचार्यले यसले मानवीय स्वास्थ्यमा प्रत्यक्षे असर पु¥याउने बताए। उनका अनुसार हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलिफर्म’ बढी भेटिन्छ। वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहोरसहितको पानी मिसाउँछ। एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ।

आचार्यले १० वटै पालिकामा हिउँदको समयमा मुहानको पानी परीक्षण गरेको भन्दै वर्षातको समयमा अझ बढी ठमउँमा देखिन सक्ने बताउँछन्। ‘हामीले जिल्लाको सबै पालिकामा हिउँदको समयमा मुहानको पानीको परीक्षण गरेका थियौँ, वर्षातमा अझ बढी देखिन्छ,’ उनले भने ‘बर्खाको समयमा पानी बगिरहने भएकालेक ठाउँमा भएको कोलिफर्म अर्को ठाउँमा पुग्छ र त्यस ठाउँको पानीमा पनि बस्छ।’

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कोलिफर्मका कारण झाडापखला, हैजा लगायतका बिरामी बढ्न सक्ने भन्दै पानीलाई शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नु पर्ने बताए। उनले कोलिफर्मका कारण लाग्ने रोगबाट बच्न खानेपानी वितरकहरुले पनि शुद्धीकरण गरेर मात्रै वितरण गर्नुपर्ने बताए।

‘हामीले जिल्लाको सबै पालिकामा पुगेर मुहानको परीक्षण ग¥यौँ, यो सिम्बोलिक मात्रै हो, सिम्बोलिक पमा परीक्षण गर्दा यति धेरै मुहानमा कोलिफर्म भेटियो, धेरैमा गरेको भए अझै बढी नै भेटिने थियो, धेरै ठाउँमा कोलिफर्मको मात्रा उच्च छ, यसको ट्रिटमेन्ट नगरेसम्म उपभोग गरौँ’ उनले भने ‘मुहानको सरसफाइमा ध्यान दिने र पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्‍यौँ भने यसका कारण लाग्ने रोगबाट बच्न सक्छौँ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.