|

काठमाडौं : लामो समयदेखि अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक रामकृष्ण निरौलाको नयाँ गीत 'ओए कमला'को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार विक्रम केसीको शब्द रचना र सुनिल रोक्काको संगीत रहेको डान्सिङ्ग शैलीको यस गीतमा गायक निरौलालाई गायनमा काव्य आचार्यले साथ दिएकी छिन्।

लाेकप्रिय नायक पुष्प खड्का र मोडेल बिना राउतको अभिनय रहेको 'ओए कमला'को भिडियोलाई युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन्।

रमणीय स्थल शुभतारा स्कुल लामाटारमा छायाँकन गरिएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईंकाे सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ।

भिडियोलाई  'ओ एस आर' डिजिटल  मार्फत  सार्वजनिक गरिएको  हो।

गायक निरौलाको यसअघि सार्वजनिक ४० बर्ष अघिको कथामा बनाइएको  'काजीको घोडा' गीतलाई श्रोता र दर्शकले अत्यधिक मन पराएका थिए।

यो गीतमा पनि त्यतिकै मेहनत गरिएकोले श्रोता दर्शकले मन पराउनेमा गायक निरौला ढुक्क छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.