|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६९८ जनामा गरिएको परीक्षणमा ५५ जना संक्रमित भेटिएका हुन्। 

आज १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ८० जना कोरोना संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा १ सय ७४ जना रहेका छन्। हाल नेपालका ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.