|

काठमाडौं : पशु कल्याणमा कार्यरत संस्था स्नेहाज केयरले उपचार केन्द्रको वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि जनावरको उद्धार गर्न नसक्ने जनाएको छ। ललितपुर महानगरपालिका वडा नं १८ र २१ ले अहिले सञ्चालन भइरहेको आश्रम/उपचार केन्द्र सञ्चालनमा रोक लगाएपछि जनावरको उद्धार गर्न नसक्ने स्नेहाज केयरले जनाएको हो।

‘आश्रम र उपचार केन्द्रका कारण स्थानीय बासिन्दालाई समस्या पर्न गएको सम्बन्धमा छलफल गर्न भनी पत्राचार भएकोमा हामी छलफलमा गयौँ, सो क्रममा जसरी भए पनि आश्रम/उपचार केन्द्र बन्द गर्नुपर्छ/हटाउनुपर्छ भन्ने दबाब आएका हुँदा अर्को ठाउँको व्यवस्था नहुञ्जेलसम्म जनावरको उद्धार गर्न असमर्थ छौँ,’ स्नेहाज केयरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्नेहाज केयरका अनुसार विगत ८ वर्षदेखि उक्त संस्थाले हजारौँको संख्यामा बिरामी, घाइते तथा अशक्त जनावरको उद्धार गर्दै आएको छ। हाल ललितपुर महानगरपालिका-२१ मा स्थापना भएको आश्रम उपचार केन्द्रमा १ सय ७० कुकुर, बिरामी अवस्थामा उद्धार गरिएका २० गाई, २ भैंसी‚ ७ सुँगुर तथा ४ वटा बाख्राको सेवा भइरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.