|

विराटनगर : प्रदेश एकमा नेकपा एमालेकी समानुपातिक सांसद गुलेफुन खातुनले राजीनामा दिएकी छिन्।  सरकारी सहीछाप किर्तेको आरोप लागेकी प्रदेशसभा सदस्य खातुनले असार १५ गते राजीनामा दिएकी हुन् ।

खातुनले  १५ गते  बुधबार  सांसद पदबाट राजीनामा दिएकी हुन्। सभामुख भण्डारीले आज (बिहीबार) राजीनामा स्वीकृत गरेको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

उच्च अदालत विराटनगरको फैसलाविरुद्ध सर्वोच्चमा पुगेकी उनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनले राजीनामा दिएकी हुन्। एक साता अगाडि खातुन विरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन  सर्वोच्चले अनुमति दिन अस्वीकार गरेको थियो ।

यस्तो छ उनको घटना

सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुन सर्वोच्च पुगेकी थिइन्।

२०७६ साल पुस ९ गते उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले खातुनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा सांसद् खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना तोकिएको छ ।

खातुनले तीन बिगाहा १० कट्ठा मोही जग्गा आफ्नो नाममा ल्याउन २०७१ चैत ४ गते तत्कालीन कदमाहा गाउँ विकास समितिका सचिवको सही र कार्यालयको छापा किर्ते गरी सिफारिस पत्र बनाएकी थिइन्। सोही सिफारिस भूमिसुधार कार्यालय पुगेको थियो।

दुई वर्षपछि सो अनियमितताबारे जानकारी बाहिरिएपछि २०७३ जेठ २२ जाहेरी परेको थियो। त्यसपछि उनी पक्राउ परेकी थिइन्।

२५ दिन प्रहरी हिरासतमा बसेकी उनी १० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन्। तर, २०७४ वैशाख ३१ गते जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले किर्ते प्रकरणमा संलग्न खातुनसहित चारै जनालाई कैद सजाय तोकेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.