|

रौतहट : रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेभ सिरिज आरति रौतहटमा छायांकन भइरहेको छ। सिरिज आशिषकुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नीतेश घतानको छायांकन रहनुका साथै हिक्मत शर्माको लेखन रहेको छ।  

नेपालमा निर्माण भइरहेका चलचित्र र सिरिजहरूभन्दा फरक कथा र परिवेश समेटिएको निर्देशक दास बताउँछन्। सिरिजमा तराई क्षेत्रमा बसोवास गर्ने आममानिसको कथा रहेको र समाजको वर्तमान अवस्था उतार्न खोजिएको निर्देशक दासको भनाइ छ। आरतिले दर्शकको माया पाउनेमा आशावादी रहेको पनि उनी बताउँछन्।

सिरिजमा राज पौडेल, गीता श्री, नूतन, मनीषा गिरी, हरि कँडेल, खेमराज कोइराला, सपना शर्मा, शिव कुर्मी, कृष्ण खड्का, बिक्की शाह, जयमङ्गल पासवान, दीपनारायण शर्मा, अनमोल दास  लगायत केही भोजपुरी कलाकारको पनि अभिनय रहेको छ।

नेपाली सहित सिरिजलाई मैथिली र भोजपुरीमा पनि डबिङ गरी अन्तरराष्ट्रिय बजारमा लैजाने तयारीमा निर्माण टोली रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.