|

काठमाडौं : दुई पटकका च्याम्पियन एन्डी मर्रे विम्बल्डनको सुरुवाती चरणबाटै बाहिरिएका छन्।

उनी चार सेटको खेलमा अमेरिकी जन इस्नरसँग दोस्रो चरणमा पराजित भए। ३५ वर्षीय मर्रेले तेस्रो सेटसम्म आफ्नो आसा बाँकी राखेपनि चौंथो सेटमा पराजित भए। उनी ६-७, ७-६ (७-४),  ६-७ (३-७), ६-४ ले पराजित भए।

२०१८ का सेमिफाइनलिस्ट रेका इस्नेरले सेन्टर कोर्टमा आफूलाई पुनः एकपटक बलियो रहेको प्रमाणित गरे। अब उनले अर्को चरणमा २० वर्षीय १० औं वरियताका जननिक सिनरसँग प्रतिस्पर्धा गर्ने छन्। मर्रे विम्बल्डनमा तेस्रो चरणभन्दा अघिबाटै बाहिरिएको यो पहिलो पटक हो।

त्यस्तै महिला तर्फ नै बेलायतकी ईमा राडुकानु दोस्रो चरणबाट बाहिरिइन्। उनी चर्च रोडस्थित सेन्टर कोर्टमा फ्रान्सकी कारोलिना गार्सियासँग पराजित भइन्।

बेलायती नम्बर एक राडुकानु ६-३ र ६-३ को सोझो सेटमा पराजित भएकी थिइन्। अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग प्रतिस्पर्धा गर्ने छिन्। महिला तर्फनै भएको अर्को खेलमा एन्जलिका केर्बरले पनि तेस्रो चरणमा स्थान बनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.