काठमाडौं : असार १५ धान दिवसको अवसरमा रमाइलो गरिरहेकी रेस्लर अस्मिता जुरेलीमाथि हातपात भएको छ। युवा संघ नेपालले आज भैँसेपाटीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन गएकी जुरेलीमाथि यस्तो घटना भएको हो।
गत वर्षको असार १५ मा दोहोरी गायक छत्र साउदसँग हिलोमा डुबुल्की मारेर भाइरल बनेकी जुरेली यस बर्ष पनि चर्चामा आएकी छिन्। आजको कार्यक्रममा रोपाइँ चलिरहेका बेला एक अपरिचित पुरुषले आफूलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको अस्मिताले बताइन्।
‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको व्यक्तिले बल पूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’ उनले सुनाइन्।
ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ। लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेकी थिइन् । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनले बताइन्।
अस्मिता जुरेली रेस्लरका रूपमा परिचित छिन्। उनी एमाले कार्यकर्ता पनि हुन्। विगतमा उनी माेडलिङ पनि गर्थिन्।
आजको रोपाइँ कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायतको उपस्थिति रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।