|

काठमाडौं : प्रहरीबाटै डाक्टर कुटिएका छन्। पैदल हिँड्ने क्रममा एक प्रहरी जवानले डा. कुलबहादुर घिसिङमाथि कुटपिट भएको भन्दै उनका आफन्तले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।

आइतबार ड्यूटी सकेर ललितपुर एकान्तकुना यातायातको बाटोमा हिँडिरहेको क्रममा एक प्रहरी जवानले डा. घिसिङमाथि कुटपिट भएको भन्दै उनका दाइले निवेदन दिएका हुन्।

निवेदनमा भनिएको छ, ‘१२ असार राति ८:४५ बजे ड्युटी सकेर घर फर्कने क्रममा फुटपाथको बाटोमा हिँडिरहेका वेला मापसेको चेक गर्ने एक जवान ट्राफिक प्रहरीले कसुर बेगर ढेस्सिएर किन आएको भन्दै कुटपिट गरी रगताम्मे पार्दा डाक्टर हुँ किन यस्तो गरेको भनी कार्ड देखाउँदा समेत कुरै नसुनी कुटपिट गरी भाइलाई घाइते पारेका थिए। हाल भाइको अल्का अस्पतालमा उपचार भइरहेको छ।’

निवेदनमा पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत डाक्टर घिसिङ ड्युटी सकेर पैदल घर फर्कने क्रममा एकान्तकुना यातायात कार्यालयको बाटोमा कुटपिट गरिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.