सुर्खेत : प्रहरीले जाजरकोटका सबै पालिकामा लागू औषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ। जिल्लाका विद्यालय तथा गाउँहरुमा समेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौलाले बताए।
छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गरेको प्रहरीले सँगै लागुऔषधविरुद्ध पनि कार्यक्रमहरु सुरु गरेको हो।
कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम सुरु गरिएको प्रहरीले बताएको छ। जाजरकोटमा सात पालिका रहेका छन्।
सात पालिकामा झण्डै ४५१ भन्दा बढी विद्यालय रहेका छन्। लागुऔषधको बिक्री, वितरण लगाएका विषय समस्याकै रूप लिएपछि प्रहरीले अभियानको सञ्चालन गरेको हो। बालविवाह रोक्नका लागि ब्राहमणलाई जन्म मिति हेरेर मात्र विवाह गराउने कार्य गर्न सहमति गराएको प्रहरीले विभिन्न विकृती जन्य कुरालाईसमेत कडाइका साथ लिएको बताएको छ।
विद्यालय उमेरका बालबालिकाहरूलाई सचेतना जगाउन सके मात्र धेरै समस्यहरू हल हुने प्रहरीको भनाइ छ। स्थानीय तहका जनप्रतिनिधिहरूसँग मिलेर प्रहरीले आफ्नो अभियानलाइ तिव्रता दिएको छ।
जुवातास जस्ता समाजमा विकृति फैलाउने कुरालाई समेत निगरानी गरेको प्रहरीले पछिल्लो समय भारी मात्रामा जनपक्षीय काम गर्दै लिएको स्थानीयबासीहरु बताउँछन्। त्यस्तै कुशे गाँउपालिका वडा नं ८ को विजुलीडाँडा र वडा नं. ९ को पैंक जोड्ने स्थानीय पैंक खोलामा पुलसमेत प्रहरीकै सक्रियतामा निर्माण गरिएको छ।
खोला तर्नका लागि स्थानीयबासीलाई समस्य भएपछि प्रहरीकै सक्रियतामा पुल निर्माण गरिएको थियो। सवारी साधन जथाभावी चलाएर दुर्घटना पर्न सक्ने भन्दै जिल्लाभित्र चल्ने सवारी साधनमा टाइम कार्डसमेत लागू गरिएको प्रहरीले जनाएको छ। जनतासँग जोडिएर प्रहरीले सामाजिक सेवा मात्र होइन, विकृतिविरुद्ध अभियानसमेत चलाउने काम गरिरहेको नागरिक समाजका अगुवा हरिबहादुर सिंहले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।