|

काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको यात्रा दिनप्रतिदिन कष्टकर बनिरहेको छ। बढ्दो जनघनत्वका कारण न त सडक पेटीको (पैदल) यात्रा सुरक्षित छ, न त सार्वजनिक यातायातको यात्रा नै।

सार्वजनिक सवारीसाधनमा यात्रुले आरामले बस चढ्न र गन्तव्यमा पुग्नसक्ने अवस्था छैन। पर्याप्त गाडी नहुँदा यात्रु कोचिएर र झुण्डिएर यात्रा गर्न बाध्य छन्। उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा समयमै गन्तव्यमा पुग्न सकिँदैन।

यात्रु कोचेर सार्वजनिक बस चलाएबापत सार्वजनिक यातायातले दण्डित हुनु पर्दैन। यात्रुहरू असहज यात्रा गर्न बाध्य त छँदैछन्, यातायातका कर्मचारीकाे दुर्व्यवहार भोग्नसमेत बाध्य छन्।

भौतिक सामग्री हराउने मात्र होइन सार्वजनिक यातायातमा ज्यानकै जोखिम रहेको छ। उपत्यकाका सवारीसाधन यात्रुमैत्री नभएको विषयमा सम्बन्धित निकाय बेखबर छन्।

शनिवार र आइतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा घुइँचो बढ्छ र यात्रुको सास्ती पनि बढ्छ।

तस्विरमा हेर्नुहोस्- काठमाडौंवासीको सास्ती–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.