|

सरकारको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ। आइतबार (जेठ १५ गते) बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण शनिबार नीति तथा कार्यक्रम पारित गर्नै पर्ने भएको हो।

शुक्रबार नै पारित गर्ने तयारी रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण बैठक शनिबार पनि बोलाइएको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ। 

राष्ट्रिय सभाले भने छलफल सकेर शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पनि पेश गरिँदैछ। बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.