|

काठमाडौं : गाडी दुर्घटनामा परी घाइते भएकी भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेनु दाहालको अवस्था सामान्य रहेको छ। 

उनकी बहिनी गंगा दाहालका अनुसार रेनुको टाउकोमा सामान्य चोट लागेको छ। सिटि स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था सामान्य भएकाले डिस्चार्ज गर्ने तयारी भइरहेको उनले उल्लेख गरेकी छिन्। 

रेनु चढेको गाडि ललितपुरको जावलाखेल नजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा उनी घाइते भएकी थिइन्।  उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.