सल्यान : सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो।
दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गंगादेव गाउँपालिका ३ की ५८ वर्षीया दिल कुमारी खड्का छन्। घाइतेहरुको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ।
बस ओरोलोमा भएको र बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गेयर चलाएपछि बस दुर्घटना भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ। आज बिहान शोही ठाउँमा टिप्पर दुर्घटना भएको थियो।
घटना थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।