काठमाडाैं : नेपाली सेनाको अगुवाईमा कञ्चनजङ्घा तथा मनास्लु हिमालबाट संकलन गरिएकाे फोहोर फक्ताङलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएकाे छ।
सेनाकाे फोहोर जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप संचालन भईरहेको सफा हिमाल अभियान २०२२ अन्तर्गत कञ्चनजङ्घा हिमालबाट संकलन गरिएको सड्ने र कुहिने ३ हजार १७ केजी फोहोर हस्तान्तरण गरिएको हाे।
आज एक हस्तान्तरण कार्यक्रम गरी नेपाली सेनाले स्थानीय प्रहरी तथा अन्य प्रतिनिधिहरुको रोहवरमा गाउँपालिका तथा ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयलाई फोहोर बुझाएको हाे।
उक्त अभियानको दौरानमा कञ्चनजङ्घा आधार शिविरमा फोहोरसँगै पहिचान खुल्न नसकेका २ वटा मानव अस्थिपंचर पनि फेला परेका थिए।
साथै, मनास्लु हिमालबाट संकलन गरिएको १ हजार ३२३ केजी कुहिने/नकुहिने फोहोर पनि आज नै धार्चे गाउँपालिकालाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।