काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार (आज) देखि कोभिड–१९ विरुद्ध खोप अभियान फेरि सञ्चालन गरेको छ। महानगरपालिकाले आजबाट शुरु गरेको खोप अभियानमा मोडर्ना र फाइजर खोप दिइनेसमेत जनाएको छ।
महानगरपालिकाले सूचना जारी गर्दै महानगरका ३२ वटै वडा कार्यालयका तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन सकिने समेत जनाएको छ। तर दोस्रो मात्रा र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड लिएर आउन र पहिलोपटक खोप लगाउनेले परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत भनेको छ।
पहिलो र दोस्रो मात्रा लगाएको ३ महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना अथवा फाइजर खोप लगाइने समेत जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।