काठमाडाैं : सूर्य नेपाल गल्फ च्याम्पियनसिप अन्तर्गत बुधवारको खेलमा शुक्रबहादुर राईले निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन्।
सूर्य नेपाल गल्फ टुर अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपको तेस्रो दिनको खेलमा शुक्रले ६ अण्डर ६६ स्कोरका साथ समग्रमा १६ अन्डर दुई सय स्कोर कार्ड बनाउँदै शीर्ष स्थान हाँसिल गरेका हुन्।
दोस्रो दिनको खेलसम्म अग्रस्थानमा रहेका निरजले तेस्रो दिन तीन अण्डर ६९ स्कोरका साथ कूल १५ अन्डर दुई सय एक स्कोर कार्ड खेलेका थिए। पहिलो दिनका लिडर वाङ्चेनले तेस्रो दिन दुई अण्डर ७० स्कोरका साथ कूल १२ अण्डर दुई सय चार स्कोर कार्ड बनाएका छन्।
उनी समग्रमा तेस्रो स्थानमा छन्, यस्तै नेपाल नम्बर एक भुवन नगरकोटी चौथो स्थानमा छन्। उनको कूल १० अण्डर दुई सय ६ स्कोर कार्ड छ। उनले तेस्रो दिन दुई अण्डर ७० स्कोरकार्ड खेलेका थिए।
कूल ५४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ भने उप विजेताले एक लाख ५५ हजार रुपैयाँ पाउनेछ। त्यस्तै तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पाउनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।