|

काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्। महानगरको ७६ हजार ९५ मत गणना गर्दा रेनुले ५ हजार ७ सय ३३ मतले अग्रता कायमै राखेकी हुन्। 

माओवादीकी रेनु २९ हजार ४७८ मत ल्याउँदा एमालेका विजय सुवेदीले  २३ हजार ७४५ मत ल्याएका छन्। गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत ल्याएका छन्। 

यस्तै, उपमेयर गठबन्धनको तर्फबाट कांग्रेसकी चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएर अग्रता कायमै राखेका छन्। भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले १८ हजार ४०१ मत प्राप्त गरेकी छन्। राप्रपाकी गुरुङलाई नेकपा एमालेको साथ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.