|

दैलेख : वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै भैरवी गाउँपालिका ४ को वडाध्यक्षमा निर्वाचित चक्रप्रसाद शर्मा एमालेमा फर्किएका छन्। 

वडाध्यक्ष शर्माले आज (शनिवार) विज्ञप्ति जारी गर्दै स्थानीय तहको चुनावताका वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएको र आफुले लामो योगदान गरेकोे पार्टी एमालेमा फर्किएको उल्लेख गरेका छन्। 

स्थानीय निर्वाचनमा वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका शर्माले ५८० मत ल्याउँदै गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए। शर्माका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसका कलमबहादुर थापा ४३८ मत ल्याउँदै पराजित भएका थिए। 

एमाले भैरवी गाउँपालिका कमिटीका अध्यक्ष वीरेन्द्र शाहीले स्वतन्त्र वडाध्यक्ष जितेका शर्मा एमालेमा फर्किएको बताएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.