|

जनकपुरधाम : धनुषाको  सबैला नगरपालिकामा मेयर र उपेयरमा माओवादी केन्द्र निर्वाचित भएकाे छ। नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारीराम यादव र उपमेयरमा रहिमा खातुन निर्वाचित भएका हुन्।

कारीरामले कांग्रेसका उम्मेदवार जगतसुन्दरलाई १ सय ३६ मतको अन्तरले पराजित गरेका छन्। माओवादीले नेतृत्व जितेको धनुषाको यो पहिलो पालिका हाे। 

सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएका कारीराम माओवादी केन्द्रका नेता मातृका यादवका कान्छो भाइ हुन्। कारीरामले ४ हजार २ सय १२ मत पाउँदा जगतसुन्दरले ४ हजार ७६ मत ल्याएका छन्।

त्यस्तै, नेकपा एमाले धनुषाका अध्यक्षसमेत रहेका राजकिशोर यादव राकेश ३ हजार ५ सय ८१ मत प्राप्त गरेर तेस्रो स्थानमा सीमित भए। 

उपमेयरमा निर्वाचित खातुनले ४ हजार ६ सय ९९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी किरण कापरले ३ हजार ६ सय ४ मत ल्याएकी छन्।

अघिल्लो पटक शहिदनगर नगरपालिका जितेको माओवादीले यसपटक भने त्यहाँ हार व्यहोरेकाे छ। सहिदनगर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले जितेकाे छ। २०७४ को निर्वाचनमा सबैला नगरपालिका कांग्रेसले जितेकाे थियाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.