जनकपुर : नेकपा एमालेका सचिव रघुवीर महासेठको गृहजिल्ला धनुषाका मिथिला बिहारी नगरपालिकामा एमालेले नराम्रोसँग हार व्यहाेरेकाे छ। एमालेलाई हराउँदै मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका राजेन्द्रप्रसाद यादवले ४ हजार ३ सय ४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका निवर्तमान मेयर अनिलकुमार यादवले ४ हजार ४९ मत मात्रै ल्याए। त्यस्तै, माओवादीका सूर्यनारायण मण्डलले ३ हजार ७ सय ४५ मत प्राप्त गरेका छन्।
त्यस्तै,उपमेयरमा माओवादीकी शोभादेवी साहले ३ हजार ३ सय ३० मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७ सय ९७ मत प्राप्त गरेकी छन्।
नगरपालिकाको वडा नम्बर १, ४ र १० मा कांग्रेसले जित्दा २, ३ र ७ मा माओवादी, वडा नम्बर ५, ६, ८ मा जसपा नेपाल र वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार निर्वाचित छन्। मधेशमा एमालेमा प्रभु साह फ्याक्टरले थप बल पुगेको अनुमान गरिरहेका बेला केन्द्रका हाइप्रोफाइल व्यक्तित्वकै गृहनगरमा पार्टीले पराजय भोग्नु यसै पनि अर्थपूर्ण रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।