हदम्याद पुनर्विचार गर्नुपर्ने माग

|

काठमाडौं : ब्युटी प्रेजेन्टमा सहभागी युवतीमाथिको बलात्कार घटनालाई अनुसन्धानको दायरामा ल्याउन सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले  बलात्कार घटनालाई अनुसन्धानको दायरा ल्याउनका लागि सरकारलाई निर्देशन दिन सांसद थापाले सभामुखलाई आग्रह गरेका हुन्।

'हिजो बेलुका म घरमा पुग्दा मेरा श्रीमती र छोरीहरूले सामाजिक संजालमा आएको एक युवतीले आठ वर्षअघि बलात्कार भएको भिडियो हेरिरहेका थिए। त्यसको प्रतिक्रिया मेरा छोरीहरू डराएको क्षण सम्झिन चाहन्छु', उनले सदनमा भने, 'यत्रो विषय आइसकेपछि घटना सार्वजनिक भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिएकोले यस घटनालाई अनुसन्धानमा ल्याउन आग्रह गर्दछु।'

नेता थापाले संसदले बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.