हेटौँडा : हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन्।
पछिल्लो परिणाम अनुसार लामाले २० हजार ९६ मत प्राप्त गरेकी छिन्। एमालेका अनन्त पौडेल १८ हजार ३२४ मत ल्याएका छन्। यस्तै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह १७ हजार ८०९ मत पाएका छन्।
उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले २८ हजार ७४३ मत ल्याएका छन्। एमालेकी सुमित्रा काफ्लेले २० हजार ७३७
मत प्राप्त गरेकी छिन्। यस्तै राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले चार हजार ६३७ मत ल्याएकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।