संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उदयचन्द्र पौडेल विजयी भएका छन्। प्रमुख पौडेलले ४ हजार ८२ मत ल्याउँदै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थलकुमार लिङ्खाले ४ हजार १ सय ९३ मत ल्याएका छन्। नेपाली कांग्रेसका लिङ्खालाई ८८ मत हराउँदै पौडेलले प्रमुख पदमा विजयी भएका हुन्।
पौडेल यस अघि वडाध्यक्ष हुन्।
उपप्रमुखमा नेपाली कांग्रेसकी तारा महत विजयी भएकी छन्। नेकपा एमालेकी लक्ष्मी गिरीलाई २ सय १८ मत अन्तरले पछि पार्दै महत उपप्रमुख पदमा विजयी भएकी छन्।
उपप्रमुख महतले ४ हजार २३ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गिरीले ४ हजार ५ मत ल्याएकी छन्।
यस अघि धर्मदेवी नगरपालिका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसले जितेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।